Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य विमान दुर्घटना : पहिलो चरणमा पाँच शव आफन्तको जिम्मा लगाइयो

    सौर्य विमान दुर्घटना : पहिलो चरणमा पाँच शव आफन्तको जिम्मा लगाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 438
    SHARES

    काठमाडौं । सौर्य एयरलायन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन थालिएको छ ।

    पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको शवहरू शुक्रबार आफन्तलाई दिन थालिएको हो ।



    पहिलो चरणमा ५ जनाको शव आफन्तको जिम्मा लगाइएको शिक्षण अस्पतालले जनाएको छ ।



    पोस्टमार्टमका आवश्यक प्रक्रिया पूरा भएपछि शवहरू आफन्तलाई हस्तान्तरण गर्न थालिएको बताइएको छ ।

    प्रक्रिया मिलेसम्म केहीको आजै र बाँकी भोलि शव आफन्तको जिम्मा लगाइने अस्पतालले जानकारी दिएको छ ।

    बुधबार बिहान सौर्य एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार