Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई ओबामाको पनि समर्थन

    राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई ओबामाको पनि समर्थन

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 375
    SHARES

    Photo Credit : Getty Images

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसलाई पूर्वराष्ट्रपति बाराक ओबामाले पनि समर्थन गर्ने भएका छन् । उपराष्ट्रपति रहेकी ह्यारिसलाई ओबामाले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको रूपमा समर्थन गरेका हुन् ।

    राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।
    पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको विश्वास व्यक्त गरेका छन् ।



    गत आइतबार राष्ट्रपति बाइडेनले आफू दौडबाट बाहिरिने घोषणा गरेपछि ओबामाले बाइडेनले दिएको निकासको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन गरेका थिएनन् ।



    ओबामाको समर्थनसँगै ह्यारिस अगस्टमा हुने पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार बन्ने सम्भावना थप बलियो भएको छ ।

    बीबीसीका अनुसार ओबामाले शुक्रबार ह्यारिसलाई समर्थन गर्दा उत्साहित रहेको र चुनावमा निर्वाचित गराउन सक्दो भूमिका खेल्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार