Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • पेरिस ओलम्पिक २०२४ : १२८ वर्ष पुरानो कीर्तिमान तोडिदै

    पेरिस ओलम्पिक २०२४ : १२८ वर्ष पुरानो कीर्तिमान तोडिदै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 669
    SHARES

    काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजबाट सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबललगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् ।

    फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पेरिस ओलम्पिकमा एक सय २८ वर्ष पुरानो कीर्तिमान तोडिन लागेको छ । ओलम्पिक इतिहासमा एक सय २८ वर्षदेखि उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेको छ ।



    पेरिसमा पहिलो पटक उद्घाटन समारोह रंगशालामा नभई नदीको किनारमा हुन लागेको हो । आधुनिक ओलम्पिक १८९६ मा सुरु भएयता उद्घाटन समारोह रंगशालामा गर्ने चलन थियो ।



    सामान्यतया, खेलाडीहरू परम्परागत रूपमा मार्च गरेर स्टेडियममा प्रवेश गर्छन् । तर पेरिस ओलम्पिकमा, सहभागी १० हजार पाँच खेलाडीहरू सीन नदीमा छ किलोमिटरको परेडमा ९० भन्दा बढी डुङ्गाहरूमा सवार हुनेछन् ।

    यस अवधिमा सेन नदीको किनारमा सयौं दर्शकहरू उपस्थित हुनेछन् । यी सबै बाहेक धेरै ठूला सेलिब्रेटीहरू त्यहाँ प्रदर्शन गर्ने छन् ।

    ओलम्पिकको उद्घाटन समारोहमा चर्चित गायिका लेडी गागा र सेलिन डियोन पनि प्रस्तुति दिनेछन् ।

    नेपालका ७ खेलाडी
    पेरिस ओलम्पिकमा नेपालमा ४ खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

    एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

    टेबलटेनिसका स्यान्टुले मात्र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा अरुले बाँकी ६ खेलाडीले वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार