Online Nepal
  • बुधबार, २ असोज २०८१
  • ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु

    ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 402
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

    ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो।



    उनी ललितपुर महानगरपालिका-७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा फेला परेकी थिइन्।



    उनी गोदावरी नगरपालिका-८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन्।

    बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार