काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्न लागेको हो ।
बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा छन्।
यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए। संयन्त्रले टीआरसी विधेयकमा जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ ।
Leave a Reply