Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • मुख्यसचिव गड्तौला भन्छिन् – भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, राम्रो कर्म गरे राम्रै फल पाइन्छ

    मुख्यसचिव गड्तौला भन्छिन् – भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, राम्रो कर्म गरे राम्रै फल पाइन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 600
    SHARES

    काठमाडौं । नेपाल सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेसँगै नेपालको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव बन्न सफल भएकी छन् ।

    वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामती सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन् ।



    उनी विसं २०६३ मा उपसचिव, २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुँदै छिन् ।



    ुजस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामती सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिइन् ।

    “प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । दश दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ । यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ,” उनले भनिन् ।

    उनले समस्त निजामती कर्मचारीमा इमान्दार भएर काम गरे मूल्यांकन र अवसर प्राप्त हुने रहेछ भन्ने सन्देश गएको बताइन् । उनले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदै गएको पनि बताइन् ।

    निजामती कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, “त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।”

    गड्तौलाले राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहमा सहज र सरल तुल्याउन सबै राष्ट्रसेवक निजामती कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले संसद्‌मा अड्किरहेको निजामती विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार