Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन, जागिर खान ४५ अंक ल्याउनैपर्ने

    शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन, जागिर खान ४५ अंक ल्याउनैपर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 945
    SHARES

    काठमाडौँ । लोक सेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

    शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।



    लोक सेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन ४५ अंक ल्याउनुपर्ने व्यवस्था गरेको हो ।



    पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ । सो परीक्षामा अब न्युनतम् ४५ अंक नल्याएकाहरूले दोस्रो चरणको परीक्षामा सामेल नै हुन पाउने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार