Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बेचन पक्राउ प्रकरण : डीआईजी केसीलाई ब्यूरोबाट हटाउने तयारी

    बेचन पक्राउ प्रकरण : डीआईजी केसीलाई ब्यूरोबाट हटाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 5.9K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य बिचौलिया बेचन झा पक्राउ प्रकरणले प्रहरीभित्र तरंग उत्पन्न भएको छ ।

    झालाई पक्राउ गर्दा आफूलाई राम्रोसँग ब्रिफिङ नभएको भन्दै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर रुष्ट बनेका छन् । झालाई विशेष ब्यूरोको पहलमा भारतबाट पक्राउ गरी नेपाल ल्याइएको बताइएको छ ।



    यद्यपि जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको बताइएको थियो । स्रोतका अनुसार परिसरका डीएसपी दिपेश बस्यालले धादिङ पुगेर झालाई काठमाडौं ल्याएका थिए ।



    यो विषयमा डीआईजी मनोज केसीमाथि चेन अफ कमाण्ड नमानेको गम्भीर आरोप लागेको छ । जस कारण उनलाई विशेष ब्यूरोबाट हटाउन प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रीसमक्ष प्रस्ताव गरेको स्रोत बताउँछ । यस विषयमा आईजीपीले आन्तरिक छानबिन समेत गराउने बताएको स्रोतले बतायो ।

    डीआईजी केसी एसएसपी हुँदा उनकै पहलमा यो प्रकरणको विस्तृत अनुसन्धान भएको थियो । त्यतीबेला पनि केसी र आईजीपी कुँवरको सम्बन्ध राम्रो हुन सकेको थिएन ।

    आईजीपी कुँवर अमेरिका गएको बेला झा पक्राउ परेका थिए । उनीमार्फत यस प्रकरणमा जोडिएका अन्य उच्च पदस्थ समेत तानिने हल्लाबीच सरकार परिवर्तन भएपछि अनुसन्धान मोडिएको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार