Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखको पत्र सार्वजनिक गरियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखको पत्रको आशय पनि गलत नभएको र कसैले लाभ पनि नपाएको निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउने उद्देश्यले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको रास्वपा ले निष्कर्ष निकालेको छ ।

अनौपचारिक च्यानलबाट बुझ्दा यो पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको पाइएको कार्यवाहक प्रवक्ता झाले बताए ।

बरु अहिले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन १८ महिना पुरानो पत्र लिक गरिएको रास्वपाको निष्कर्ष छ ।

उपसभामुख इन्दिरा राना मगरले फागुन २०७९ मा अमेरिकामा हुने एक कार्यक्रममा जान आफ्नो सहयोगी भनेर असम्बन्धित व्यक्तिलाई भिसाका लागि लिइने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077