Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • मौरिटनियामा जहाज दुर्घटना हुँदा २५ आप्रवासीको मृत्यु

    मौरिटनियामा जहाज दुर्घटना हुँदा २५ आप्रवासीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 552
    SHARES

    फाइल फोटो

    एजेन्सी । मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ ।

    राजधानी नौआकचोट नजिकै भएको यस घटनामा २५ जना आप्रवासीको मृत्यु र १९० जना बेपत्ता भएका हुन्।



    उनीहरुको उद्धार कार्य जारी रहेको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले बताएको छ ।



    आफूहरूले १०३ जना आप्रवासीको उद्धार गरेको र २५ जनाको शव फेला पारेको मौरिटनियाली तट रक्षकका एक कमाण्डरले बताए।

    जुलाई २२ मा पल्टिनुअघि झन्डै ३०० जना काठको डुङ्गा चढेर गाम्बियाबाट हिँडेका थिए । उनीहरूले समुद्रमा सात दिन यात्रा गरेको आइओएमले जनाएको छ ।

    तट रक्षकहरू आइपुग्नु अघि नै १५ जनाको मृत्यु भइसकेको थियो । गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएका अरू १० जनाको मृत्यु भएको थियो ।

    यसअघि जुलाई ५ मा पनि यस्तै घटना भएको थियो । सो घटनामा मौरिटनियाली तटरक्षकहरूले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालेका थिए ।

    आप्रवासीहरूले मोरक्कोको तटमा अवस्थित क्यानरी टापु पुग्ने प्रयास गर्ने गरेको आईओएमले बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्येमा पर्दछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार