Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • भारतले सुनमा लगाउँदै आएको भन्सार शुल्क घटायो, नेपालमा चोरी तस्करी बढ्ने सम्भावना

    भारतले सुनमा लगाउँदै आएको भन्सार शुल्क घटायो, नेपालमा चोरी तस्करी बढ्ने सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । छिमेकी मुलुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।

    भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत् सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ ।



    बजेटमार्फत् भन्सार शुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपैयाँ सस्तो भएको छ ।



    मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपैयाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । भारतको तुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपैयाँ महँगो छ ।

    भारतमा सुनचाँदीमा भन्सार शुल्क घट्दा त्यसको प्रभावले नेपालमा चोरी तस्करी बढ्ने व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा थप चोरीपैठारी बढ्ने सम्भावना रहेको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार