Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ५ हजार घुस दिने सांसद महतोविरुद्ध उजुरी, कारबाहीको माग

    ५ हजार घुस दिने सांसद महतोविरुद्ध उजुरी, कारबाहीको माग

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 1.3K
    SHARES

    काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ ।

    सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।



    उनले छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका थिए ।



    रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको भन्दै कारबाही गर्न माग गरिएको हो ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ रिसवत लिने दिनेलाई सजाय हुने भन्ने व्यवस्थाको उपदफा ३ मा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार