काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
जहाज दुर्घटना भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो ।
मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो ।
Leave a Reply