Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज साउन १० गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल साउन १० गते बिहिबारको राशिफल ।

मेष

आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

मिथुन

आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

सिंह

मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला

न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

धनु

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

कुम्भ

आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृष

आज मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर यात्रा गर्दा चै दुख पाइन सक्छ ।

कर्कट

मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

कन्या

घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक

आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मकर

आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मीन

आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077