Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • श्रीमान्–श्रीमती आफ्नै घरभित्र मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

    श्रीमान्–श्रीमती आफ्नै घरभित्र मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 951
    SHARES

    फाइल तस्विर

    हेटौँडा । मकवानपुरको हेटौँडामा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुधवार साँझ ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।



    प्रहरीका अनुसार अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहार गरिएकोजस्तो देखिएको छ । यस्तै श्रीमान् केशवको शव चाहिँ झुण्डिएको अवस्थामा फेला परेको हो ।



    घटनाको अनुसन्धान गर्न मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार