Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • गर्मीका कारण पाकिस्तानमा एक लाखभन्दा बढी विद्यालय बन्द

    गर्मीका कारण पाकिस्तानमा एक लाखभन्दा बढी विद्यालय बन्द

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 321
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गीष्मकालीन बिदा दुई सातासम्म लम्बिने भएको छ । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुने एक शिक्षा अधिकारीले बताएका छन् ।

    जलवायु परिवर्तनका कारण पाकिस्तान बढ्दो जोखिममा छ । जलवायु परिवर्तनका कारण तातो हावा अर्थात् लु धेरै चल्न थालेपछि मंगलबारदेखि यहाँका विद्यालय थप दुई साता बन्द हुने भएका हुन् ।



    सिन्ध प्रान्तका शिक्षा विभागका अनुसार बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।



    सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुन महिनामा लुको सामना गर्नुपरेको थियो । मुलुकको सबैभन्दा धेरै जनसंख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन बिद्यालयमा बिदा दिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार