काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा दानको निकै महत्त्व भएको बताएका छन् ।
बुधबार काठमाडौंमा डा. अजय क्रान्ति शाक्यको बुद्धका मौलिक दर्शन, कृतिको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले कसैले मृगौला दान गरेर नै आफू अहिलेसम्म जीवित रहेको जिकिर गरे ।
साथै उनले विश्वबाट 'बुद्धिज्म' कहिल्यै नमर्ने पनि बताए । बुद्ध दर्शन, बुद्धका उपदेश र शिक्षालाई कमजोर हुन नदिने उनको भनाई छ ।