काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । उद्धार गरिएका विमानका पाइलट मनीशरत्न शाक्यको भने केएमसी हस्पिटलमा उपचार भइरहेको छ ।
Leave a Reply