Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

    विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 258
    SHARES

    काठमाडौं । सरकारले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो । 



    आयोगलाई ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।



    उद्धार गरिएका विमानका पाइलट मनीशरत्न शाक्यको भने केएमसी हस्पिटलमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार