Online Nepal
  • बुधबार, २ असोज २०८१
  • सम्पत्ति शुद्धीकरण विभागद्धारा पूर्वमन्त्रीविरुद्ध ८५ लाखको मुद्दा दायर

    सम्पत्ति शुद्धीकरण विभागद्धारा पूर्वमन्त्रीविरुद्ध ८५ लाखको मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 249
    SHARES

    काठमाडौं । पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतकाठमाडौंमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।



    उनीमाथि ८५ लाख बराबरको बिगो धन सम्पत्तिसम्बन्धी शुद्धीकरणसम्बन्धी कसुर गरेको दाबी गर्दै सोही बराबर जरिवाना, दोब्बर बिगो अनि कैदको सजाय गर्न अभियोग पत्रमा माग गरिएको छ।



    प्रशान्तकुमार संघाईको जाहेरीका आधारमा गुप्ताविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।

    पूर्वमन्त्री गुप्ताविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा विचाराधीन रहेको छ।

    प्रतिवादी गुप्ता समेतले अपहरण कसुरसहित सम्बद्ध कसुरबाट फिरौतीको रूपमा प्राप्त गरेको कसुरजन्य सम्पत्तिलाई उत्पत्तिको गैरकानुनी स्रोतबाट अलग गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुन सक्ने देखिएको भन्दै मुद्दा दोस्रो मुद्दा दायर गरेको हो ।

    अपहरण मुद्दामा जेल परेका पूर्वमन्त्री गुप्ताविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सरकारी वकिलमार्फत सोमबार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

    अपहरण मुद्दामा दोषी ठहर भएका गुप्तालाई १० वर्ष कैद सजाय भएको थियो । उनकै योजना व्यवसायी पवन कुमार संघाईको २०६८ सालमा अपहरण भएको थियो ।

    अपहरण गरी उनले ८५ लाख रुपैयाँ फिरौती लिएका थिए । फिरौती लिएकै दिन जयमाता दी सुनचाँदी पसलबाट १७ लाख ३० लाख बराबरको सुन खरिद गरेको अनुसन्धानमा पुष्टि भएको थियो ।

    गुप्तालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) (क) (ख) र (ग) तथा उपदफा (२),(३) बमोजिमको कसुर गरेको देखिएकाले हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ।

    त्यस्तै गुप्ताको नाममा दर्ता भएको वा २ च ९४५४ र वा ६ च ९१०६ समेत का दुई थान सवारी साधन सोही ऐनको दफा ३४ (१) (ख) बमोजिम जफत हुन समेतको माग दाबी अभियोग पत्रमा गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार