Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटनाका मृतकहरुको पोस्टमार्टम आजैबाट सुरु हुने

    विमान दुर्घटनाका मृतकहरुको पोस्टमार्टम आजैबाट सुरु हुने

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 369
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमार्टम आजबाटै सुरु हुने भएको छ ।

    जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको हो।



    शिक्षण अस्पतालका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ।



    शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जनाएको छ ।

    बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ

    पाइलट मनिष शाक्य घाइते भएका छन् । पाइलट शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार