Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • यी हुन् दुर्घटना भएको सौर्य एयरको जहाजमा सवार पाइलट र कर्मचारीहरु [सूचीसहित]

    यी हुन् दुर्घटना भएको सौर्य एयरको जहाजमा सवार पाइलट र कर्मचारीहरु [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।

    सौर्य एयरलाइन्सले जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक गरेको हो ।



    क्याप्टेन एम.आर शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल को-पाइलटका रूपमा रहेका थिए ।



    अन्य १७ जना एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ । १७ मध्ये १ महिला र अन्य पुरुष छन् ।

    विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवाल रहेका थिए ।

    विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य छन् ।

    त्यस्तै, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका रहेका थिए । आरिफ भने विदेशी नागरिक हुन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार