Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरलाइन्सका पाइलटको जीवितै उद्धार, चार जना यात्रुको शव निकालियो

    सौर्य एयरलाइन्सका पाइलटको जीवितै उद्धार, चार जना यात्रुको शव निकालियो

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानबाट चार जनाको शव निकालिएको छ ।

    सौर्य एयरलाइन्सको विमानबाट अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका हुन् ।



    सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।



    विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

    सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।

    सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार