Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो लगाउन कार्यदलको बैठक बस्दै

    संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो लगाउन कार्यदलको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 615
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउन आज बैठक बस्न लागेको हो ।



    संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।



    सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन यसअघि शीर्ष दलका नेता सम्मीलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।

    कार्यदलमा महेश बर्तौला, जनार्दन शर्मा र रमेश लेखक छन् । आज बस्ने अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार