Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत लाइन जडान

    बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत लाइन जडान

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 321
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत लाइन जडान गरेको छ ।

    प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै आज साँझ ८ बजेदेखि विद्युत जडान भएको हो ।



    प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले आज रातीदेखि उक्त उद्योगमा विद्युत जडान गरेको हो ।



    उद्योगहरुले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार