Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • उद्योगहरुमा काटिएको लाइन आज साँझदेखि जोड्ने विद्युत प्राधिकरणको निर्णय

    उद्योगहरुमा काटिएको लाइन आज साँझदेखि जोड्ने विद्युत प्राधिकरणको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 273
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता देखाउँदै विद्युत आपूर्ति रोकिएका ६ वटा उद्योगमा लाइन जोडिदिने निर्णय गरेको छ ।

    डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।



    तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणले जनाएको छ ।



    उद्योगहरूमा लाइन जोडिदिन यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोग दुवैले निर्देशन दिएका थिए ।

    प्राधिकरणले गत असार २५ मा रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायत ६ उद्योगको लाइन काटेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार