Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कोशीका पूर्वमुख्यमन्त्री कार्कीले सचिवलाई कुट्ने धम्की दिएपछि…

    कोशीका पूर्वमुख्यमन्त्री कार्कीले सचिवलाई कुट्ने धम्की दिएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 342
    SHARES

    विराटनगर। कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको भन्दै एक मन्त्रालयका सचिवले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् ।

    सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफुलाई पूर्वमुख्यमन्त्री कार्कीले कुटपिट गर्ने धम्की दिएको आरोप लागाएका हुन्।



    सचिव भट्टराईले आफूलाई कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका छन् ।



    उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग गरेका छन् ।

    विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईको दाबी छ ।

    केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार