काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले माओवादी केन्द्रले लामो समयदेखि उर्जा मन्त्रालय लिएपनि डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान नगरेको आरोप लगाएका छन्।
आज संसद बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाएका हुन् । उनले दुई दिन अगाडि देखि आम जनतालाई भ्रम छर्ने गरि विद्युतको विषयमा प्रमुख प्रतिपक्ष दल माओवादीले उठाएको भन्दै प्रतिवाद गरे।
उनले डेडिकेटेड तथा ट्रंक लाइन टिओडि मिटर रिडिङ प्राधिकरणले व्यवसायीलाई उपलब्ध गराउन आग्रह गर्दा नगरेकाले विवाद देखिएको दाबी गरे।
सांसद गिरीले भने, ‘राज्यले निर्णय लिदा विधिमा टेकेर लिनुपर्छ कि पर्दैन। नियम अनुसार भए उति बेला नै किन महसुल नउठाएको ? डेडिकेटेड तथा ट्रंक लाइनका नाममा बर्षौसम्म किन हेरेर बसेको ? लेनदेन छैन भने ?’
सांसद गिरीले लाल आयोगले प्रतिवेदनलाई अनदेखा गरेर फरक रुपमा प्राधिकरणले विद्युतको बिल पठाएर असुल उपर गर्न खोजेपछि व्यवसायीले आन्दोलित भएको उल्लेख गरे।
व्यवसायीले लाल आयोगको प्रतिवेदन र टिओडि मिटरको रिडिङको बील दिए तिर्न तयार रहेकको बताएकाले प्राधिकरणको कमजोरी रहेको गिरीको भनाई छ।
उनले प्रधानमन्त्रीले उद्यमीहरुले प्रयोग गरेको बिजुलीको पैसा नउठाउ भनेर भन्यो भनेर माओवादी केन्द्रले अफवाह नफैलाएको भन्दै त्यस्तो नगर्न आग्रह गरे।
Leave a Reply