रौतहट । रौतहटमा एक पुरुषको शव फेला परेको छ ।
गरुडा नगरपालिका-५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो।
खोलामा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ ।
मृतकको पहिचान हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply