Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • स्कटल्यान्डका बलर चार्लीले बनाए डेब्यू खेलमै विश्वकीर्तिमान

    स्कटल्यान्डका बलर चार्लीले बनाए डेब्यू खेलमै विश्वकीर्तिमान

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 399
    SHARES

    एजेन्सी । स्कटल्यान्डका चार्ली क्यासलले डेब्यू एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट बलिङ गर्ने विश्वकीर्तिमान बनाएका छन्।

    आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानविरूद्धको डेब्यू खेलमा उनले ७ विकेट लिएका हुन्।



    उनले घरेलु मैदानमा भएको खेलमा ५.४ ओभरमा १ मेडन राख्दा २१ रन मात्र खर्चिए।



    यसअघि एकदिवसीय खेलको डेब्यूमा उत्कृष्ट बलिङको रेकर्ड दक्षिण अफ्रिकाका कागिसो रबडाको नाममा थियो।

    उनले सन् २०१५ मा बंगलादेशविरुद्ध डेब्यू खेलमा ६ विकेट लिँदा ८ ओभरमा १६ रन मात्र खर्चिएका थिए।

    तीव्र गतिका बलर चार्लीले उत्कृष्ट बलिङ गर्दा पहिले ब्याटिङ गरेको ओमान २१.४ ओभरमा ९१ रनमै अलआउट भएको थियो।

    जुन लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा १७.२ ओभरमै पूरा गर्‍यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार