Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • इजरायली हमलामा परी ७० जनाको मृत्यु

    इजरायली हमलामा परी ७० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 240
    SHARES

    काठमाडौं । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

    इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएको छ ।



    खान युनिसको पूर्वी क्षेत्रबाट महत्त्वपूर्ण आतङ्कवादी गतिविधि र रकेट आक्रमण भएको इजरायली सेनाले सोमबार बिहान भनेको थियो ।



    सो क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको थियो । त्यसपछि सो क्षेत्रमा भारी बमबारी गरेको र यसमा परेर आतङ्कवादी र उनीहरूको पूर्वाधार ध्वस्त भएको सेनाले भनेको छ ।

    यो घटनाको समयमा त्यहाँ सयौँ मानिस पैदल र कारबाट भागमभाग गरिरहेको देखिएको थियो । अल अमल अस्पतालमा पाँच जनाको शव र ३३ जना घाइतेलाई ल्याइएको प्यालेस्टिनी रेड क्रिसेन्टले जनाएको थियो ।

    ठाउँ खाली गर्ने इजरायलको आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा रहेका आफ्नो क्लिनिकमा सेवा ठप्प भएको स्वास्थ्य संस्थाले जनाएको छ ।

    आफ्नो आदेश अस्पतालहरूमा लागू नहुने इजरायली अधिकारीहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार