Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मुकुल ढकाल भन्छन् – उपसभामुखमाथि छानबिन गर्नुपर्छ, ९ लाख लिएर फिर्ता गरेको स्टेटमेन्ट छ

    मुकुल ढकाल भन्छन् – उपसभामुखमाथि छानबिन गर्नुपर्छ, ९ लाख लिएर फिर्ता गरेको स्टेटमेन्ट छ

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 459
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणका केही प्रमाण आफूसँग रहेको बताएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् ढकालले यस्तो बताउँदै उपसभामुख इन्दिरामाथि राज्यले छानबिन गर्नुपर्ने माग गरेका हुन् । उनले आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको बताए ।



    आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको ढकालले बताएका छन् ।



    आफूले सुरुमा घटनाबारे जानकारी लिन खोज्दा उपसभामुखले थाहा छैन भने पनि पछि एकजनाको नाम बताएको पनि उनले बताएका छन् । ढकालले आर्थिक लेनदेन भएको प्रमाण पीडितसँग रहेको पनि उल्लेख गरेका छन् ।

    ढकालले उपसभामुख इन्दिरा रानामगर प्रकरणबारे धारणा सार्वजनिक गर्दै एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार