Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • परराष्ट्रमन्त्री राणा र जापानी राजदूत युताकाबीच भेटवार्ता

    परराष्ट्रमन्त्री राणा र जापानी राजदूत युताकाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 288
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र नेपालस्थित जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ।

    सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो।



    उनीहरूबीच दुई देशको हित र आर्थिक सहयोग, लगानी र जनस्तरको आदानप्रदानलगायत विविध पक्षमा छलफल भएको थियो।



    भेटमा राजदूत युताकाले जापानका विदेशमन्त्री योको कामिकावाले मन्त्री राणालाई दिएको बधाई पत्र हस्तान्तरण गरेका थिए।

    राजदूत युताकाले जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको जानकारी गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार