Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • प्रधानमन्त्री ओलीले भने – संविधान संशोधन कसैको लहडको विषय होइन

    प्रधानमन्त्री ओलीले भने – संविधान संशोधन कसैको लहडको विषय होइन

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन कसैको लहडको विषय नभएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद धवल शमशेर जंगबहादुर राणाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले संविधान संशोधन समय र देशको आवश्यक भएको बताए। उनले सबै राजनीतिक दलहरूसँग छलफल र परामर्श गरेर संविधान संशोधन गरिने प्रतिवद्धता जनाए।



    प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितलाई मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति गरी अगाडि बढाइने प्रतिवद्धता जनाउँछु। संविधान संशोधनको विषय कसैको लहडको विषय होइन। र यो समयको माग र देशको आवश्यकताका लागि हो ।’

    वर्तमानमा देखिएका समस्याहरूलाई सम्बोधन गरी संविधानलाई अझ जीवन्त बनाउन संशोधन आवश्यक रहेको उनले बताए ।

    देशलाई स्थायित्व समृद्धिको मार्गमा अघि बढाउन सरकारमा रहेका र नहरेका सबै दलहरूसँग छलफल र मरामर्श गर्दै संविधान संशोधन अघि बढाइने बताए ।

    जनजीवनको सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सुशासन कायम गर्दा मात्रै सरकारको कार्यसम्पादनप्रति आमजनताको विश्वास अभिवृद्धि हुने प्रधानमन्त्रीको भनाइ छ।

    प्रधानमन्त्री ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकुत सम्पत्ती विषयहरूको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सरकार प्रतिवद्ध रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार