Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - नक्कली भुटानी शरणार्थी काण्डमा व्यक्तिको अनुहार हेर्दिन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न व्यक्तिको अनुहार नहेर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले व्यक्तिको व्यवहार हेरेर कारबाही गर्ने प्रतिवद्धता जनाए।

प्रधानमन्त्री ओलीले भने, 'कुनै पनि प्रकारका भ्रष्टाचार सम्बन्धमा कुनै पनि दल विशेष हेरिनेछैन। दल विशेष छुट्याउनेछैन। कोही पनि भ्रष्टाचारीको अनुहार हेरिनेछैन। व्यवहार हेरेर कारबाही गरिनेछ। भ्रष्टाचार निवारण सरकारको प्रमुख प्राथमिकताको विषय हो। सहकारी ठगी, सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डलगायत विषयमा आम जनताको चाहना बमोजिम राष्ट्र हितका लागि सुशासन कायम गर्न सरकार प्रष्ट छ। ठूला साना जो भए पनि कानुनी दायरामा ल्याउँछौँ ।'

उनले सुशासन कायम गर्ने सरकारको पहिलो प्राथमिकता रहेकाले जुनसुकै काण्डलाई कानुनी दायरामा ल्याइने बताए।

कतिपय विषयमा अदालतमा विचाराधीन रहेकाले सोही बमोजिम सरकारले आफ्नो कदम अगाडि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ।

राप्रपा सांसद सिंहले भ्रष्टाचार र सुनलगायतका काण्डका विषयमा प्रष्ट पार्न प्रधानमन्त्री ओलीसँग जवाफ मागेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077