Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • विद्युत् महसुलबारे रोष्ट्रमबाटै प्रधानमन्त्री ओलीले झुट बोले : सांसद दाहाल

    विद्युत् महसुलबारे रोष्ट्रमबाटै प्रधानमन्त्री ओलीले झुट बोले : सांसद दाहाल

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 837
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विद्युत् महसुलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै झुट बोलेको बताएका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताएका हुन् ।



    उनले विद्युत् महसुल नतिर्ने तर अकुत मुनाफा कमाउने ६१ वटा उद्योगले २२ अर्ब २६ करोड तिर्नुपर्ने भएपनि प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिएको बताए ।

    सांसद दाहालले भने ,‘पहिलो र पछिल्लो अवधिको १४ अर्ब अदालतमा मुद्दा विचाराधीन छ । बाकी ८ अर्ब २६ करोड उठाउन आदेश र निर्णय गरेको छ । तर अटेर गरेपछि विद्युत् प्राधिकरणले लाइन काटेको छ । हिजो रोष्ट्रमबाटै प्रधानमन्त्रीले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्प्रयत्न गर्नुभयो ।’

    उनले सबै निर्णय र फैसलालाई अवज्ञा गर्दै बिचौलियाको प्रभावमा विद्युत् लाइन जोड्ने र मिनाहा गर्ने प्रधानमन्त्रीले घोषणा गरेकोमा आपत्ति जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार