Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ

    कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 243
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

    धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन १ सय १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।



    यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



    पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१० घुइयाघाट बस्ने ३० वर्षीय नाटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना र सोही नगरपालिका-३ घर भएका २४ वर्षीय सन्नी चौधरी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार