काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच आज प्रश्नोत्तर हुँदैछ ।
दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ ।
नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो ।
Leave a Reply