Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • अपराध नियन्त्रण तथा विपद्‌ व्यवस्थापनमा खटिन डीएसपी भण्डारीको निर्देशन

    अपराध नियन्त्रण तथा विपद्‌ व्यवस्थापनमा खटिन डीएसपी भण्डारीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 384
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्था सुदृढ पार्न र विपद्‌का घटनाहरूबाट हुन सक्ने धनजनको क्षति न्यून गर्न निर्देशन दिएका छन् ।

    आइतबार मातहतका सम्पूर्ण प्रहरी इकाई प्रमुखहरुलाई उनले सो निर्देशन दिएका हुन् ।



    डीएसपी भण्डारीले उच्च मनोबलका साथ त्रुटीरहित ढंगले प्रहरी कार्यमा खटिनुपर्नेमा जोड दिएका छन् ।



    उनले विपद्‌का घटनाहरूमा प्रहरीको अहम भूमिका रहेको र प्रहरी संगठनको उच्च छविका लागि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार