Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पूर्ववनमन्त्री महतोले भने – छोराको समकक्षता पत्र लिँदा ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?

    पूर्ववनमन्त्री महतोले भने – छोराको समकक्षता पत्र लिँदा ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 474
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले पूर्ववनमन्त्री समेत रहेका महतोले यस्तो बताएका हुन् ।



    छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको र काम बनेको महतोले आइतबारको प्रतिनिधि सभा बैठकमा सुनाए।



    पूर्ववनमन्त्री महतोले भने,‘ म एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ? पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’

    उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए ।

    त्यसपछि बिचौलियालाई पाँच हजार दिएपछि काम भएको उनले सुनाए । उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार