काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले सुशासनमाथि धावा बोलेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।
सांसद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।
कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अंगहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधान गर्नुपर्ने सांसद सापकोटाले बताए।
प्रधानमन्त्री ओलीको जंगबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको सांसद सापकोटाको दाबी छ ।
Leave a Reply