Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय हो ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारीसमेत गरेका छन् ।

रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक परियारले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077