Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बङ्गलादेशमा कर्फ्युबीच पनि हिंसा, एकै दिन १० जनाको मृत्यु

    बङ्गलादेशमा कर्फ्युबीच पनि हिंसा, एकै दिन १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 252
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा १० जनाको मृत्यु भएको छ ।

    हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको हो।



    यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी पनि भएको बताइएको छ ।



    ढाकाको जात्राबारीको रायर बागमा ८ जनाको मृत्यु भएको छ भने मिरपुर र अजिमपुरमा अरु २ जनाको मृत्यु भएको छ ।

    शनिबार ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो ।

    गएको मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यु लगाएको थियो ।

    देशभर सेना परिचालन गरिएको छ । कर्फ्यु आइतबारसम्म लम्ब्याइएको छ । आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार