Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुखको बचाउमा उत्रियो रास्वपा, भन्यो - धेरै दलका नेताले भिसाकै लागि सिफारिस गरेको पाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभामुख इन्दिरा रानामगरको बचाउमा उत्रिएको छ ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको भन्दै उपसभामुख इन्दिराको बचाउमा उत्रिएको हो ।

रास्वपाले भिसाको अग्रिम मितिका लागि अमेरिकी दूतावासमा पठाएको पत्रबारे जानकारी पाउनेबित्तिकै सोधखोज गरेको जनाएको छ ।

‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो। सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन। यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डिपी अर्यालले गरेको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौं,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रास्वपाले विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको बताएको छ।

‘उपसभामुखज्यू लगायत अन्य नेताहरूबाट कुटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए–नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैं रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौं,’ रास्वपाले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077