काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् ।
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा यसअघि नै अल्पमतमा परेका थिए ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
केन्द्रमा नेपाली कांग्रेससँग सत्ता साझेदारीको सहमति भएपछि एमालेले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको थियो ।
Leave a Reply