Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • शनिबार, ५ साउन २०८१
  • 402
    SHARES

    तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार (भोलि) विश्वासको मत लिने भएका छन् ।

    आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए ।



    सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।



    लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । नेकपा (माओवादी केन्द्र) का १० सांसद छन् । साना दल राप्रपा र नागरिक उन्मुक्तिका चाररचार, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीनरतीन, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका दुई/दुईजना तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् ।

    एक स्वतन्त्र सदस्य छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका निम्ति ४४ सांसद संख्या आवश्यक पर्छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार