Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

    वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, ५ साउन २०८१
  • 267
    SHARES

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन्।

    सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्दै खानेपानीमन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।



    उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिए।



    खानेपानीमन्त्री यादवले भने,’मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो। काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु।’

    खानेपानीमन्त्री यादवले हालः काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए।

    उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे। उनले काठमाडौंबासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार