Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको वेइमानका कारण सरकार ढल्यो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीसँग सहकार्य नगर्ने बताएका छन् ।

कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस र एमालेको सरकार बनेको उनले खुलासा गरे ।

राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको उपाध्यक्ष पोखरेलको भनाई छ ।

२० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।

सम्बोधनकै क्रममा उनले पुष्पकमल दाहाल प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे ।

उनकै वेइमानका कारण सरकार ढलेको उपाध्यक्ष पोखरेलले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077