Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • प्रचण्डको वेइमानका कारण सरकार ढल्यो : ईश्वर पोखरेल

    प्रचण्डको वेइमानका कारण सरकार ढल्यो : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ५ साउन २०८१
  • 363
    SHARES

    काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीसँग सहकार्य नगर्ने बताएका छन् ।

    कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस र एमालेको सरकार बनेको उनले खुलासा गरे ।



    राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको उपाध्यक्ष पोखरेलको भनाई छ ।

    २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।

    सम्बोधनकै क्रममा उनले पुष्पकमल दाहाल प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे ।

    उनकै वेइमानका कारण सरकार ढलेको उपाध्यक्ष पोखरेलले आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार