Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था कस्तो छ ?

    पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था कस्तो छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ ।

    वीर अस्पतालमा उपचारत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए ।



    उनका अनुसार पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख भए पनि अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकाले अस्पतालमा रहनेछन् ।



    ज्वरो, पिसाबमा सङ्क्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री चन्द यही साउन ३ गतेदेखि वीर अस्पतालमा भर्ना भएका थिए । उनले हाल सो अस्पतालको विशिष्ट व्यक्ति उपचार कक्षमा उपचार गराइरहेको जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार