Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ

    कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 417
    SHARES

    राजविराज । प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई पक्राउ गरेको छ ।

    राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



    सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा तातेडलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।



    सहकारीका बचतकर्ताको रकम अपचलन गरेको र संस्थाका सातजना सञ्चालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले सञ्चालक समितिका सचिव तातेडविरुद्ध विसं २०८० साउन १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले सात सदस्यीय सञ्चालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य पाँचजना सञ्चालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिए ।

    सञ्चालक समितिमाथि बचतकर्ताको रु एक करोड ३३ लाख २० हजार आठ सय २३ तथा संस्थाको रु ८८ लाख १७ हजार ६ सय ७७ गरी कूल रु दुई करोड २१ लाख ३८ हजार पाँच सय घोटाला गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार